जलपाईगडी: वन विभागको कारबाहीमा लाखौं रुपियाँको सालको काठ बरामद भएको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा सोमबार डुवर्सको मराघाट रेन्जको खट्टीमारी र तोतापाडा बीट अफिसका टोलीले बनारहाट ब्लकको हल्दिबारी चिया बगानको मस्जिद लाइन क्षेत्रमा खोजी अभियान चलाएको थियो कारबाहीका क्रममा राज्य पुलिसको बटालियन पनि उक्त क्षेत्रबाट चार थान काठ र ५० सीएफटी चोरीको काठ बरामद भएको थियो। तर, वन विभागले दिनभरको कारबाहीमा कसैलाई पनि पक्राउ गर्न सकेको छैन। घटनाको अनुसन्धान थालिएको र दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गरिने वन विभागले जनाएको छ।