झापाको कचनकवलमा आँपको विषयमा कुटाकुट हुँदा सात घाइते

IMG-20240624-WA0010-copy

झापा: झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको  छ। कचनकवल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सो स्थानका महेदिन मियासँग झगडा र कुटपिट गर्दा दुई पक्षका सातजना घाइते भएका छन्। कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया र अर्को पक्षको सो स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिया, २० वर्षीय अर्फिन मिया, ५० वर्षीया लेजिना मिया र ३९ को समसोधिन मिया घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि ओमसाई पाथिभारा अस्पताल भद्रपुरमा ल्याएको छ। सबैको अवस्था सामान्य रहेको छ। उक्त स्थानमा इलाका पुलिस कार्यालय केचनाबाट सब इन्स्पेक्टर र बीओपी केचनाबाट सशस्त्र पुलिस इन्स्पेक्टर समेतको टोली खटिएको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement