झापा: कोशी प्रदेश सरकार विवादसम्बन्धी रिटको पेसी सोमबार (आज) लाई तोकिएको छ ।रविबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ नसकिएर ‘हेर्दाहेर्दै’मा राखिएको रिटको पेसी तोकिएको हो। गएको जुन १३ मा सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा यो रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। सो इजलासमा रविबार पनि बहस नसकिएको हो। यही इजलासले फैसला दिने गरी सुनुवाइ प्रक्रिया अगाडि बढाइएको छ। तत्कालीन मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारविरुद्ध रिट दायर गरेका हुन्।