झापा: अन्दाजी ७५/८० वर्षकी बृद्ध ईन्दिरा खनाल नाम बताउने छोराको नाम बिनोद खनाल र घर सुन्दरहरैँचाको गोठगाँउ बताउने बृद्धा झापाको बिर्तामोड नगरपालिका-४ शनिश्चरे लाईनको एउटा घरअगाडी पेटीमा सुतिरहेको अवस्थमा जुन २३ रविबार भेटिनु भएको छ। आमालाई स्थानियवासीले फेला पारी इलाका पुलिस कार्यालय अनारमनी झापामा ल्याई बुझाएको र पुलिस कार्यालयले बिर्तामोडको वृद्धाश्रममा राखिएको जानकारी प्राप्त भएको छ।