खोलाले बगाउँदा एक शिक्षकको मृत्यु, ६ को उद्धार

IMG_20240624_134001.jpg

झापा: भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका– १ तारेचौर नजिक खोलामा माछा मार्ने क्रम्मा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइतेको उद्धार गरिएको छ।खोलामा माछा मारिरहेको समयमा एक्कासी खोलामा आएको बाढीले बगाउँदा कुशे गाउँपालिका –९ का इन्द्रबहादुर रोकायको बगेर मृत्यु भएको कुशे गाउँपालिका की उपाध्यक्ष देविका सिंहले जानकारी दिइन्।रोकाय मालटाकुरा माध्यमिक विद्यालय कुशेका शिक्षक हुन्। बाढीले बगाएर घाइते हुनेहरुमा कुशे– ४ तम्ती का राजेन्द्रबहादुर शाही, खिम बहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौर गोविन्द रावत दीपेन्द्र बहादुर चलाउने रहेको उनको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement