बिजुलीको खाँबामा काम गर्दा करेन्टले एकजना कर्मचारीको मृत्यु

Death-Image-Rep-copy

कालचिनी: शुक्रबारअपरान्ह समय मेचपाड़ा चियाबारीको २ नम्बर लाइनमा बिजुलीको काम गरिरहेको एकजना बिजुली कर्मीको करेन्ट लागेर दर्दनाक मृत्यु भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार बिजुली करेन्ट लागेर मृत्यु हुने युवकको नाम रञ्जित रोय उमेर २८ पानियलगुड़ी मेन्दाबारी बासिन्दा रहेको पुलिस स्रोतले जनाएको छन्। मृतकको शवलाई पुलिसले उद्धार गरेर पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको बताएका छन्। यता उक्त घटनाको साक्षी बनेका मेचपाड़ा चियाबारीको बासिन्दाहरुले बिजुलीको काम गर्दा बिजुली विभागको लापरवाहीले गर्दा नै यो दुर्घटना भएको र यस घटनाले सम्पूर्ण गाउँमा सनसनी मच्चियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement