यूएफा यूरो कपःvजर्मनीको साथमा स्विट्जरल्याण्ड प्री-क्वार्टर फाइनलमा

IMG-20240624-WA0002.jpg

फ्रांकफर्ट: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा ग्रुप ए-बाट आयोजक जर्मनीको साथमा स्विट्जरल्याण्डले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। यसरी नै हंगेरीले पनि ग्रुप चरणको अन्तिम म्याचमा जीतको साथ अघि बढ़्ने सम्भावनालाई कायम राख्यो। आइतवार अबेर राति जर्मनी र स्विट्जरल्याण्डबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। डोइशे ब्यांक पार्कमा ६७ प्रतिशत पोजेशनको साथ खेले पनि आयोजक जर्मनी एक समय हारको नजिक पुगिसककेको थियो। नियमित ९० मिनटको खेल समाप्त हुँदा पनि स्विट्जरल्याण्ड १-०-ले अघि थियो। अन्तमा सब्स्टीस्यूड खेलाड़ी निकलास फूलक्रूगले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरी जर्मनीलाई १-१-को बराबरीमा पुऱ्याए। यसअघि स्विट्जरल्याण्डबाट डान एण्डोयेले २८औं मिनटमा गोल गरे। यस म्याचपछि जर्मनी ३ वटा म्याचमा ७ पोइण्ट्सको साथ ग्रुप विजेताको रूपमा प्री-क्वार्टर फाइनलमा पुग्यो। यसरी स्विट्जरल्याण्ड ५ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। यसरी ग्रुपको अन्य एउटा महत्त्वपूर्ण म्याचमा हंगेरीले स्कटल्याण्डलाई १-०-ले पराजित गऱ्यो। यस जीतको साथै हंगेरीले ३ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेर प्री-क्वार्टर फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्यो। टुर्नामेण्टमा तेस्रो स्थानमा रहने चारवटा सर्वश्रेष्ठ टीमले प्री-क्वार्टर फाइनलमा स्थान बनाउनेछ। एमएचपीएरेनामा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने हंगेरीको टीमलाई म्याच जित्न निक्कै लामो प्रतीक्षा गर्नु पऱ्यो। सब्स्टीट्यूड खेलाड़ी केविन सोबोथले दोस्रो हाफको इञ्ज्युरी टाइमको दशौं मिनटमा गोल गरी हंगेरीलाई रोमाञ्चक जीत दिलाए। यस म्याचमा हारको साथै स्कटल्याण्ड चाहिँ ग्रुप चरणमै बाहिर भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement