शतकको ह्याट्रिक गर्नदेखि चुकिन् स्मृति मन्धना

IMG-20240624-WA0001.jpg

बेंगलुरु: भारतीय महिला क्रिकेट टीमकी ओपनिंग ब्याटर स्मृति मन्धना यहाँको एम चिन्नास्वामी स्टेडियममा दक्षिण अफ्रिका विरुद्ध सीरीजको तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल म्याचमा लगातार तेस्रो शतक बनाउनदेखि सामान्यले गर्दा चुकिन्। मन्धनाले सीरीजको पहिलो दुईवटा म्याचमा ११७ र १३६ रन बनाएकी थिइन्। आइतवार चाहिँ उनी केवल १० रनले गर्दा लगातार तेस्रो शतक बनाउनदेखि वञ्चित भइन्। मन्धना भारतीय ईनिंग्सको ३१औं ओभरमा ९० रन बनाएर आउट भइन्। उनले ८३ बल खेलेर ११ वटा चौका लगाइन्। यसरी मन्धना तीनवटा वनडे म्याचको सीरीजमा सर्वाधिक रन बनाउने खेलाड़ी बनिन्। मन्धनाले दक्षिण अफ्रिका विरुद्ध सीरीजको ३ वटा म्याचमा ११४.३३-को औसतले ३४३ रन बनाइन्। यसरी उनले दक्षिण अफ्रिका महिला टीमकी लौरा वूल्भार्टकी रेकर्ड तोड़िन्, जसले यसै साल श्रीलंका विरुद्ध सीरीजमा दुईवटा शतकको साथ ३३५ रन बनाएकी थिइन्। मन्धनाले यसअघि यस सीरीजमा लगातार दुईवटा शतकको साथ आफ्नो वनडे करियरमा सातवटा शतक पूरा गरेकी थिइन्। भारतको निम्ति महिला वनडे इण्टरनेशनल म्याचमा सर्वाधिक शतक बनाउनेहरूकी सूचीमा मन्धना अहिले पूर्व कप्तान मिताली राजसँग संयुक्त रूपले शीर्ष स्थानमा रहेकी छन्। यी दुईले ७-७ वटा शतक बनाएकी छन्। महिला वनडे-मा सर्वाधिक १५ वटा शतक बनाउने रेकर्ड अष्ट्रेलियाकी मेग लेनिंगकी नाममा रहेको छ। भारतले आइतवार खेलिएको तेस्रो वनडे म्याचमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरी तीनवटा म्याचको सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement