म्याच हारे पनि दोस्रो ह्याट्रिकको साथ इतिहास रचे प्याट कमिन्सले

IMG-20240623-WA0069.jpg

किङ्ग्सटाउन: आईसीसी टी२० वर्ल्ड कपमा अष्ट्रेलियाका अनुभवी पेस बलर प्याट कमिन्स लगातार दुईवटा म्याचमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्। कमिन्सले आइतवार अफगानिस्तान विरुद्ध सुपर ८-को म्याचमा यस विशेष उपलब्धिलाई हासिल गरे। कमिन्सले अफगानिस्तानको ईनिंग्सको १८औं ओभरको अन्तिम बलमा राशिद खानलाई आउट गरे। त्यसपछि उनले २०औं ओभरको पहिलो दुई बलमा करीम जनत र गुलबदीन नईबलाई आउट गरी आफ्नो ह्याट्रिक पूरा गरे। कमिन्सले यसअघि बंग्लादेश विरुद्ध म्याचमा पनि ह्याट्रिक दर्ता गरेका थिए। त्यस म्याचमा उनले १८औं ओभरको अन्तिम बल र २०औं ओभरको पहिलो दुई बलमा क्रमशः महमुदुल्लाह, मेहदी हसन र तौहिद हृदोयलाई पभेलियन पठाएका थिए। आज कमिन्सले ह्याट्रिक गरे पनि म्याचमा अफगानिस्तान २१ रनले विजयी भयो। टी२० वर्ल्ड कपमा कमिन्स बाहेक ब्रेट ली (२०२१), कर्टिस केम्फर (२०२१), वानिन्दु हसरंगा (२०२१), कगिसो रबाडा (२०२१), कार्तिक मयप्पन (२०२२) र जोश लिटल (२०२२)-ले ह्याट्रिक दर्ता गरेका छन्। टी२० वर्ल्ड कपको सुपर ८-मा अष्ट्रेलियाको अन्तिम म्याच सोमवार भारत विरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement