विभिन्न एसएचजीका महिला सदस्यहरूलाई लिएर केक बनाउने तालिम आज समाप्त

IMG-20240623-WA0065.jpg

नाम्ची: नाम्ची जिल्लाको बर्फुङ समष्टिअन्तर्गत तिनकिताम संघनाथकी जिल्ला पञ्चायत सदस्य इन्द्रमाया राईको नेतृत्वमा संघनाथ ग्राम पञ्चायत एकाईभीत्र रहेका विभिन्न एसएचजीका महिला सदस्यहरूलाई लिएर गरिएको केक बनाउने तालिम आज समाप्त भएको छ।

जिल्ला पञ्चायत सदस्य इन्द्रमाया राईको नेतृत्वमा आयोजित ६ दिवसीय केक बनाउने तालिममा संघनाथ ग्राम पञ्चायत एकाईका कुल २५ जना महिला दिदी-बहिनीहरूले भाग लिएका थिए।

संघनाथ ग्राम पञ्चायतका विभिन्न एसएचजीका महिला सदस्यहरूले गाउँमा रहेर स्वयं सहायता समूहका साथै आफ्नो लागि पनि व्यवसायकाे रूपमा लिओस् भन्ने उद्देश्यका साथ केक बनाउने तालिम दिएको जिल्ला पञ्चायत सदस्य इन्द्रमाया राईले जानकारी गराएकी छन्। तिमी नामफिङ समष्टिबाट उपस्थित रहेका केक निर्माण विशेषज्ञ देविमाया गजमेर र समिता गजमेरले ६ दिवसीय केक निर्माण तालिम दिएका थिए।

स्वयं सहायता समूहका महिलाहरुलाई लिएर गरिएको विभिन्न प्रकारको केक बनाउने तालिम आफ्नो जिल्ला कोषबाट गराएको जिल्ला पञ्चायत सदस्य इन्द्रमाया राईले जानकारी दिएकी छिन्। तालिमको आज समापन समारोहमा स्थानीय ग्राम पञ्चायत टोली मुख्य अतिथिहरूको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथि र अन्य विशिष्ट अतिथिहरूको बाहुलीबाट तालिममा सहभागी स्वयं सहायता समूहका सदस्यहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएकाे थियाे।

About Author

Advertisement