मुख्यमन्त्रीले गरे केन्द्रिय मन्त्री अश्विनी वैष्णवसॅंग  भेट

IMG-20240623-WA0061.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय रेलवे, सूचना एवं प्रसारण तथा इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवसॅंग नयॉं दिल्लीस्थित उनको सरकारी आवासमा भेट गरे।
केन्द्रिय मन्त्रीको रूपमा नियुक्तिको निम्ति उनलाई बधाई दिॅंदै मुख्यमन्त्रीले राज्यमा रेलवे कनेक्टिविटी बढाउन प्राप्त समर्थनको निम्ति रेलवे मन्त्रालयप्रति कृतज्ञता व्यक्त गरे।

मुख्यमन्त्री तामाङले नयॉं जलपाइगढी र रोडाथाङबीच हिमालयन रेलवे लाइन विकास सम्बन्धित प्रस्ताव केन्द्रिय मन्त्री समक्ष राखे। यो परियोजना यातायातमा सुधार ल्याउनु, रक्षा बढाउनु, वर्षव्यापी खाद्य सामग्रीहरूको आपर्ति सुनिश्चित गर्नु, लागत घटाउनु र स्थानीय उद्योगलाई बढावा दिनु केन्द्रित रहेको उनले जानकारी गराए।

यसैगरी, मुख्यमन्त्रीले टिस्टा नदीको जलस्तर बढेकाले गम्भीर क्षति भएको अवगत गराउॅंदै डम्पिङ रोक्न, मल्ली बस्तीको सुरक्षा गर्न र सिक्किम रेलवे परियोजनाको समयमा सुरक्षा सुनिश्चित गर्न न्यूनीकरण उपायहरू लागू गर्न हस्तक्षेपको निम्ति अनुरोध गरेका छन्। यस अतिरिक्त, सिक्किमलाई जोड्ने रेलवे परियोजनासित सम्बन्धित विभिन्न विषयहरूमाथि पनि चर्चा गरिएको बताइएको छ।

यस अवसरमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, राज्यसभा सांसद डीटी लेप्चा, मुख्य सचिव वीबी पाठक र मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाल पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement