गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज लोकसभा अध्यक्ष ओम बिरलासॅंग नयॉं दिल्लीस्थित उनको सरकारी आवासमा भेट गरे। यस भेट अवधि मुख्यमन्त्रीको साथमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, राज्यसभा सांसद डीटी लेप्चा, मुख्य सचिव वीबी पाठक र मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाल पनि उपस्थित थिए।

यस भेटको क्रममा मुख्यमन्त्रीले देशको लोकतान्त्रिक ढॉंचामा बिरलाको महत्वपूर्ण योगदानको सराहना गर्दै उनको व्यापक अनुभव र विधायी प्रक्रियाहरूमा गहिरो अन्तरदृष्टिको प्रशंसा गरे। यो भेट मुख्यमन्त्रीका लागि बिरलाको विशिष्ट सेवालाई स्वीकार गर्ने र महत्त्वपूर्ण विधायी मामिलाहरूमा उनको मार्गदर्शन खोज्ने बहुमूल्य अवसर थियो भनी बताइएको छ।