विधायक बीएस पन्तलाई समष्टिवासी जनताले जनाए स्वागत

IMG-20240623-WA0059.jpg

गान्तोक: तिमी नाम्फिङ समष्टिका विधायक तथा सिक्किम सरकारको आबकारी एवं लटरी विभागका सल्लाहकार बेदुसिंह पन्तलाई गत चुनावमा भारी मतले विजयी बनेकोमा समष्टिवासी जनताले आज बधाई तथा धन्यवाद कार्यक्रमको आयोजना गरी हार्दिक बधाई एवं शुभकामना दिएका छन्। यस अवसरमा समष्टिका जनता, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। क्षेत्र विधायक बीएस पन्तलाई तिमी नाम्फिङ निर्वाचन क्षेत्रमा उत्कृष्ट सेवा र समर्पणको कदर गर्दै सम्मान जनाउनका साथै बधाई एवं धन्यवाद कार्यक्रम आयोजना गरिएको थियो। क्षेत्र विधायक बीएस पन्तले यो भव्य स्वागत एवं शुभेच्छाको निम्ति क्षेत्रवासी जनता, पार्टी कार्यकर्ता एवं शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै क्षेत्रवासी जनताको कल्याण र क्षेत्रको विकासमा निरन्तर सेवा पुऱ्याउने प्रतिबद्धता जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement