सिक्किम ओलम्पिक एसोसिएसनले पालन गऱ्यो अन्तराष्ट्रीय ओलम्पिक दिवस

IMG-20240623-WA0057.jpg

गान्तोक: आज सिक्किम ओलम्पिक एसोसिएसनको तत्त्वावधानमा विभिन्न खेलकूदको आयोजना गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक दिवस पालन गरियो। आजको कार्यक्रम बिहान ८ बजे टीएनए स्कूलमा परिसरमा रहेको स्विमिङ खेलबाट प्रारम्भ गरिएको थियो। त्यसपछि रेशीथाङको खेल ग्राउन्डमा साइकलिङ, आर्चरी, वाकाथन, बक्सिङ जस्ता खेलहरु आयोजना गरिएको थियो। सोही प्रकारले गान्तोकको पाल्जर स्टेडियममा, रक्तदान शिविर, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबल, ताइक्वाण्डो , कराँते, इत्यादि खेलहरू आयोजना गरिएको थियो। आज आयोजित खेलहरूमा भाग लिने खेलाडीहरूलाई मेडल साथै प्रमाणपत्र पनि प्रदान गरिएको थियो। कार्यक्रममा सिक्किम राज्यका युवा मामिला तथा खेलकूद विभागका मन्त्री राजु बस्नेत उपस्थित रहेर खेलको प्रारम्भ गरेका थिए। कार्यक्रमको अन्त्यमा गत समयमा नर्थ ईस्ट गेम्स अनि नेशनल गेम्समा सिक्किमलाई प्रतिनिधित्व गरेर पदक जित्न सफल बनेका खेलाडीहरूलाई प्रोत्साहन अनि सम्मानस्वरूप सिक्किम ओलम्पिक एसोसिएसनको तर्फबाट सम्मान साथै नगद राशि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement