ईटानगरमा बादल फाट्दा व्यापक विनाश

IMG-20240623-WA0055.jpg

ईटानगरमा: अरुणाचल प्रदेशको राजधानी ईटानगरमा आइतवार बादल फाटेर व्यापक विनाश भएको छ। बिहान १० बजीदेखि परिरहेको पानीबीच बादल फाट्दा शहरमा राष्ट्रिय राजमार्ग जलमग्न भयो।
ईटानगर- नाहरलागुनलाई जोड्ने राष्ट्रिय राजमार्ग ४१५ मा पानी नदी सरह बग्न थाल्यो। राजधानी चारैतिर निकै ठूलो क्षति भएको छ।

सडकमा गुडिरहेका वाहनहरूलाई पानीले बगाइरहेको देखियो। धेरै ठाउॅंहरूमा रूख लडेका छन् भने धेरै ठाउॅंमा पैह्रो पनि गएको बताइएको छ। प्रशासनले अलर्ट जारी गरेर मानिसहरूलाई सुरक्षित ठाउॅंमा जान सुझाउ दिएको छ।

ईटानगर प्रशासनले राहत शिविर स्थापित गरेको छ। मानिसहरूको सहायताको निम्ति हेल्पलाइन नम्बरहरू जारी गरिएका छन्। यद्यपि, यस घटनामा अहिलेसम्म कसैको ज्यान गएको सूचना छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement