दुईवटा ताजा बम जफत

Chhetriya-Samachar

काेचबिहार:  दिनहाटामा लोकसभा चुनाउको परिणाम घोषणा भइसकेपछि पनि अहिलेसम्म अशान्तिको परिवेश कायम छ। दिनहाटा-२ नम्बर ब्लकको साहेबगंज सचितानन्दन नयाँ बजार क्षेत्रबाट दुईवटा ताजा बम जफत गरिएको छ। यसरी बम भेटिकोले क्षेत्रमा त्राष फैलिएको छ।

स्थानीय सूत्र अनुसार गए शनिवार राती लगभग तीन बजे तीव्र आवाजले स्थानीय अमिनुर शेख र उनको परिवारका सदस्यहरू लगायत छर-छिमेकी सबै जागे। मानिसहरूले बाहिर आएर हेर्दा अमिनुर शेखको घर छेउमा धुँवै-धुँवा फैलिएको छ। त्यसपछि साहेबगंज थानाको पुलिसलाई सूचित गरियो। आइतवार बिहान पुलिस घटनास्थलमा पुग्यो। पुलिसले उक्त क्षेत्रबाट दुईवटा ताजा बम जफत गऱ्यो। पुलिस कानूनी कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement