गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले अभियान शुरू गरेको छ। उक्त अभियान अन्तर्गत हालसम्म ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई पक्राउ गरिसकेको छ। यसै क्रममा हिजो पाकिम पुलिसले ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी पाकिमस्थित भानु टर्निङ निवासी दिनेश राईकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीबाट पुलिसले ७१२ वटा विन्सपास्मो फोर्ट जफ्त गरेको छ। उनले उक्त ड्रग्स कालो पोलिथिन ब्यागमा लुकाएर बिक्री गर्दै गरेको अवस्थमा पुलिसले भेटेपछि पक्राउ गरिएको हो। आरोपी विरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।