कोचबिहार: जिल्लाको दिनहाटाको बलरामपुर रोडमा आज एक ट्रकमा अचानक आगलागी हुँदा दुईवटा दमकल र बीएसएफको पानी ट्याङ्कीले आगो नियन्त्रणमा लिएका छन्। अचानक भएको आगलागीले सर्वसाधारणमा त्रास फैलिएको छ। जानकारीका अनुसार माटोले भरिएको ट्रक बलरामपुर रोडमा रहेको मन्दिरको छेउमा पार्किङ गरिएको थियो। यसैबीच केहीले ट्रकबाट धुवाँ निस्किएको देखे। केही बेरमै ट्रकमा आगो लाग्यो। खबर पाएलगत्तै दमकलहरु घटनास्थलमा पुगेका थिए। आगो कसरी लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। आगो लाग्ने वित्तिकै ट्रकका चालक घटनास्थलबाट भागेको बताइएको छ। घटनाको खबर पाएर पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।