कोचबिहार: कोचबिहारको विसर्जन घाटमा तोर्सा खोलाबाट लाश फेला परेको छ। घटना सार्वजनिक हुनासाथ सनसनी फैलिएको छ।पुलिस स्रोतका अनुसार मृत्यु हुने व्यक्तिको नाम अजय कुमार (२६) रहेको छ। उनी कोचबिहारको एउटा होटलमा बसेका थिए। उनले आइतबार दिउँसो तोर्सा नदीमा हाम फालेका थिए। यो देखेपछि स्थानीयले तुरुन्तै उनलाई बचाउन खोजे तर असफल भएपछि घटनाबारे पुलिालाई खबर गरिएको थियो। खबर पाएलगत्तै कोतवाली पुलिस थानाबाट पुलिस घटनास्थल पुगेको थियो। उनीहरूले लाश बरामद गरे र पोस्टमार्टमको लागि कोचबिहार एमजेएन मेडिकल कलेज र अस्पतालमा पठाए। उक्त व्यक्तिले आत्महत्या गरेको पुलिसको प्रारम्भिक अनुमान छ। घटनाबारे कोतवाली पुलिस थानाले अनुसन्धान शुरु गरेको छ।