जंगली हात्तीको आक्रमणमा एकको मृत्यु

IMG-20240623-WA0049.jpg

अलिपुरद्वार: जंगली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएकोछ। मृतकको नाम शिबु राय हो। घटना शनिवार अबेर राती बिन्नागुड़ी ब्लकको चाना डिब्बा गाउँमा घटेको हो।
स्थानीय सूत्र अनुसार बिन्नागुड़ी चाना डिब्बा गाउँमा गए राती जंगली हात्तीको आक्रमणले शिबु राय गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले शिबु रायलाई बीरपाड़ा अस्पतालमा पुऱ्याँ जहाँ तिनको मृत्यु भयो। बीरपाड़ा पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्न पठाइदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement