नेपाल तस्करी गर्नुअगावै गैँडाको सिङ्गसहित पक्राउ

IMG-20240623-WA0043.jpg

सिलगढी: नेपाल तस्करी गर्न अगावै गैंड़ाको सिंगसितै एकजना तस्करलाई पक्राउ गरिएको छ। आरोपी तस्करको नाम अजित कुमार सिंह हो जो मणिपुरमा बस्छ। टुकरियाझार वन विभागको तर्फबाट आइतवार यस आशयको जानकारी गराइएको छ।

वन विभागले बतायो, गुप्त सूचनाको आधारमा गए शनिवार अबेर राती एसएसबीको ४१औं बटालियनले नक्सलबाड़ीको सातभैया टोल प्लाजामा अभियान संचालन गऱ्यो। यसै अभियान अवधि एक संदिग्ध व्यक्तिलाई समातियो जसको जाँच गर्दा एउटा गैंड़ाको सिंग भेटियो जसको वजन १ किलो २५ ग्राम छ। त्यसपछि उक्त व्यक्तिलाई वन्यजीव तस्करीको आरोपमा पक्राउ गरियो। आरोपीविरूद्ध अग्रिम कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement