कथाकार विनिता छेत्रीको कथा संग्रह ‘एक्लो लुङ्दर” विमोचित

IMG-20240623-WA0041.jpg

दार्जीलिङ: नेपाली साहित्य सम्मेलन,दार्जीलिङको सुधपा प्रेक्षागृहमा संकल्प प्रोडक्सन अनि ज्ञानकुञ्ज प्रकाशनको संयुक्त आयोजनामा कथाकार विनिता क्षेत्रीको तेस्रो कृति कथा संग्रह ‘एक्लो लुङ्गदर’ को विमोचन गरिएको छ।
कथा संग्रह मनको साइनो, हिमफेदी पाठकलाई लिएर साहित्यमा प्रवेश गरेकी लेखिका विनीता क्षेत्रीकृत उक्त नयाँ कथा संग्रहमा समसामयिक घटना क्रमहरुलाई लिएर मोठ दश कथाहरूको संगालो पाठक वर्गलाई सुम्पिएको छ। यस कार्यक्रम साहित्यकार तथा पत्रकार सबिता संकल्पको अध्यक्षता, डा. वीणा हाङखिमको प्रमुख आतिथ्य, महेन्द्र प्रधान, अजित बस्नेत, दलसिंह अकेला, प्रकाशक सञ्जीव छेत्री, कृतिकार विनिता छेत्री, महेन्द्र राई, विनोद रसाईली, कमला लेप्चालगायत अन्य गणमान्य व्यक्ति विशेषको विशिष्ट अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भयो। सुमन लामिछानेद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा सर्जक, कवि योगिता राईले स्वागत सम्भाषण राखेका थिए। यस कार्यक्रममा दार्जिलिङ लगायत दबाईपानी बस्ती, सोनादा, रङ्गुल, खरसाङ, सिलगढी, बिजनबारी लगायत विभिन्न क्षेत्रबाट साहित्य सर्जकहरू उपस्थित रहेका थिए। कथाकार बिनिता क्षेत्रीको कथाकारितामाथि दार्जिलिङका एक सशक्त युवा प्रतिभा, सर्जक पुस्कर सिंगरले आफ्नो वक्तव्य राखेका थिए। यसपछि एक्लो लुङ्गदर अनि बिनिता क्षेत्रीका पूर्व कथा संग्रहका कथाहरूमाथि अनि आज लोकार्पित कृति एक्लो लुङ्गदरका कथाहरुलाई लिएर सर्जक पत्रकार शरण गुरुङ मुस्कानले विस्तृत रुपमा दर्शकहरुलाई प्रकाश पारेका थिए। उपस्थित कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूको बाहुलीबाट एक्लो लुम्दरको विमोचन गरिएपछि कथाकार विनिता क्षेत्रीले आफ्नो मन्तव्य राख्न अघि आफ्नो कृतिलाई पाठकहरू समक्ष सार्वजनिक गरिदिएबापत प्रकाशक एवं ज्ञानकुञ्ज प्रकाशकका प्रमुख सञ्जीव क्षेत्रीलाई आफ्ना परिवारको तर्फबाट दोसल्ला ओडाएर साथै टोपी पहिराएर सम्मान गरियो। कथाकार बिनिता क्षेत्रीले आफ्नो कृति एक्लो लुङदर पाठक समक्ष आउनुको विशेष उद्देश्यबारे आफ्नो विचारहरू साझा गर्दै आफ्ना छोराछोरी अनि सम्पूर्ण दर्शकहरूप्रति आभार व्यक्त गरिन्। प्रमुख अतिथि डाक्टर वीणा हाङकिमले कृतिकारलाई बधाई दिँदै बिनिता क्षेत्रीको कथाकारितामा भएको विशेष पक्षलाई राख्दै आफ्नो मन्तव्य प्रकट गरिन्। प्रकाशक साथै आयोजकको पक्षमा सञ्जीव क्षेत्रीद्वारा उपस्थित प्रमुख अतिथि एवं आफ्ना सहयोगीप्रति स्मृति चिन्ह भेट गरेका थिए। अध्यक्षीय सम्बोधनमा सविता संकल्पद्वारा सर्वप्रथम कथाकार विनिता क्षेत्रीको परिश्रम संघर्ष अनि सफलताको निम्ति बधाई दिँदै दार्जिलिङ लगायत सिलगढी, खर्साङ, टिस्टाभेली, बिजनबारीलगायत विभिन्न क्षेत्रबाट उपस्थित दर्शकहरूबाट नै कार्यक्रम सफल भएको बताउँदै सबैप्रति आभार प्रकट गरिन्।

About Author

Advertisement