बिजनबारीमा आशा कर्मचारीहरूको वार्षिक आम सभा सम्पन्न

IMG-20240623-WA0040.jpg

बिजनबारी: आशा संघर्ष संगठन दार्जीलिङ पुलबजार खण्ड बिजनबारीको आयोजनामा संगठनका सदस्यहरूलाई लिएर आज संगठनको वार्षिक आम सभा सम्पन्न भएको छ। स्थानीय बिजनबारी डिग्री कलेजको प्रेक्षागृहमा सम्पन्न भएको वार्षिक सभामा प्रमुख रूपमा दार्जीलिङ पुलबजार खण्ड आशा कर्मचारीका संयोजक प्रकाश बाल्मीकि उपस्थित थिए भने उनीबाहेक संगठनका अध्यक्षा रिना तामाङ लगायतका अन्य पदाधिकारीगण विशेष उपस्थित रहेका थिए। आजको सभामा वार्षिक हर हिसाब साझा गरिएको छ भने संगठनले वर्षभरि के कस्तो काम गरेको छ अनि संगठनलाई आउँदो दिनमा कसरी मजबुती साथमा अघि बढाएर लैजानु पर्ने जस्ता विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।

उक्त वार्षिक सभापछि संगठनका अध्यक्षा रिना तामाङले विस्तृत रूपमा जानकारी गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement