एनडीए सुम्बुकका संस्थापक सिस्टर मुक्तिलाई पहिलो ब्याचका विद्यार्थीहरुद्वारा सम्मान

IMG-20240623-WA0038.jpg

बिजनबारी: दार्जिलिङ पुलबजार खण्डको झेपी ग्राम पञ्चायतमा अंग्रेजी शिक्षाको बिजारोपन गर्ने प्रमुख विद्यालयको नाम हो एनडीए सुम्बुक। १९८६ सालमा स्थापित यस विद्यालयको स्थापनामा प्रमुख भूमिका निभाउनेहरुमा सिस्टर हेमा, सिस्टर मुक्ति तथा सिस्टर श्रीजाको नाम अघिल्लो पक्तिमा आउँछन् भने उनीहरूले यस क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको छ। यसैको कदर गर्दै विद्यालयका पहिलो ब्याचका विद्यार्थीहरुले लामो समयपछि अफ्रिकाबाट काम विशेषले विद्यालयमा आएकी सिस्टर मुक्तिलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन्। यस अवसरमा आफुहरुको जीवनमा शिक्षाको बीजारोपन गर्न उनीहरूले प्रमुख भूमिका निभाएको उल्लेख्य पनि गरेका छन्। अर्कोतिर आफ्नो पुरानो विद्यार्थीहरुले यसरी सम्मान गर्दा आफू निक्कै भावुक बनेको तथा उनीहरूले आफुलाई सम्झेकोमा उनले आभार प्रकट गरिन्।

उल्लेख्य छ त्यसताक गोर्खाल्याण्ड आन्दोलनको चालिस दिने बन्दको समयमा पनि एनडीएका सिस्टरहरुले गाउँका गरीब तथा असाहय मानिसहरुमा केवल शिक्षादान मात्रै होइन नि:शुल्क रूपमा औषधिमूलो वितरण गर्दै क्षेत्रवासीहरुलाई ठूलो गुण लगाएका थिए भने उनीहरू यस क्षेत्रमा लगभग डेढ दशक बिताएपछि सिस्टर मुक्ति अफ्रिका, सिस्टर श्रीजा इटली रोम तथा सिस्टर हेमा भारतकै मध्य प्रदेशमा सरुवा भएर गएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement