तीनधारेको गैरी गाउँमा सम्मान कार्यक्रम सम्पन्न

IMG_20240623_184641.jpg

खरसाङ: तीनधारेको गैरी गाउँस्थित गोदावरी संघ भवनमा संघका संस्थापक सदस्य अनि पूर्व सचिव कुमार भूजेललाई संघको तर्फबाट सम्मानस्वरुप सम्मान पत्र प्रदान गर्दै संघको सदस्यताबाट विदाई समारोह आयोजित गरियो। उक्त कार्यक्रम पदमबहादुर राईको सभापतित्वमा सम्पन्न गरियो। समारोहमा रबि सुब्बा, गणेश छेत्री, फणिन्द्र उपाद्ययसँगै गोदावरी संघका सदस्यहरुको उपस्थिति रहेको थियो। समारोहमा ऋद्दिमा छेत्री, प्रियांशी छेत्रीले नृत्य प्रस्तुत गरेका थिए भने अरमान राई र रोनित विश्वकर्मले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा उत्तम शर्मा, रवि सुब्बा र पदम राईले वक्तव्य राखेका थिए। तीनैजनाले कुमार भुजेल विषयमा बोल्दै उनले समाजप्रति दिएको योगदानको उल्लेख गर्दै समाजको कार्यहरूमा उनको विभिन्न कार्यहरूको योगदान विषयमा जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement