खरसाङको टेकवीर बस्तीमा सर सफाई कार्य सम्पन्न

IMG-20240623-WA0031.jpg

खरसाङ: आफ्नो गाउँ आफै सफा राखौ भन्दै खरसाङ नगरपालिकाको वार्ड नम्बर २ टेकवीर बस्तीमा गाउँ सर सफाई गरिएको छ। बर्खा झरीमा गाउँ घरको बाटोतिर झारपात बढेर हिँड्न नसक्ने हुन्छ साथै लेउ लागेर बुढाबुढी, नानीहरू लड्न पनि सक्छन्। त्यसर्थ आफै हिँड़ने बाटोको झारपात एवं आफ्नै घरको मैला बगाउने नाली झोडा गाउँलेहरू सबै मिलेर सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। गाउँ घर सफा राखौं भन्ने उद्देश्य लिएर खरसाड नगरपालिका अन्तर्गत वार्ड नम्बर २ टेकवीर बस्तीका गाउँ समाजका युवाहरू बीरबल पाख्रीनको अगुवाईमा गाउँ घरका बाटो नाला झोडाहरू एवं झारपात फाड्ने र सर सफाई गर्ने कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement