यूएफा यूरो कप २०२४: जीतको खाता खोल्न सफल भयो बेल्जियम

IMG-20240623-WA0027.jpg

बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा खराब शुरुवातपछि बेल्जियमले जीतको खाता खोल्यो। शनिवार अबेर राति खेलिएको ग्रुप ई-को म्याचमा बेल्जियमले रोमानियालाई २-०-ले पराजित गऱ्यो। आफ्नो पहिलो म्याचमा स्लोवाकिया विरुद्ध ०-१-ले उलटफेरको शिकार बन्ने बेल्जियमले यसपाली उत्कृष्ट प्रदर्शन गर्दै जीत हासिल गऱ्यो। रेनएनर्जीस्टेडियनमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने बेल्जियमको निम्ति यूरी टेलेमान्सले दोस्रो मिनटमै गोल गरे। बेल्जियमले यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। त्यसपछि दिग्गज मीडफिल्डर केविन डी ब्रूयेनले ७९औं मिनटमा अझ एक गोल गरी बेल्जियमको जीतमा मोहर लगाए। म्याचमा रोमानियाले पनि केही असल मौकाहरू बनाएको थियो तर सटीक फीनिशिंग हुन नसक्दा टीमले हारको सामना गर्नु पऱ्यो। यस म्याचपछि ग्रुप ई-को स्थिति रोचक बनेको छ कारण अहिले चारैवटा टीमसँग २-२ वटा म्याचमा ३-३ पोइण्ट्स रहेको छ। यसैकारण गोल अन्तरको आधारमा रोमानिया शीर्षमा छ। यसरी बेल्जियम दोस्रो, स्लोवाकिया तेस्रो र युक्रेन चौथो स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement