यूएफा यूरो कप २०२४: लगातार दोस्रो जीतको साथ पोर्तुगल प्री-क्वार्टर फाइनलमा

IMG-20240623-WA0028.jpg

बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा पोर्तुगलले लगातार दोस्रो जीतको सात प्री-क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार राति खेलिएको ग्रुप एफ-को म्याचमा पोर्तुगलले तुर्कीलाई ३-०-ले पराजित गऱ्यो। आफ्नो पहिलो म्याचमा चेक रिपब्लिक विरुद्ध २-१-ले जीत हासिल गर्ने पोर्तुगलले यसपाली तुर्कीलाई पनि कुनै मौका दिएन। सिग्नल इदुना पार्कमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगललाई बर्नार्डो सिल्वाले २१औं मिनटमा बढ़त दिलाए। त्यसपछि तुर्कीका डिफेण्डर सामेत अकायदिनले २८औं मिनटमा आत्मघाती गोल गर्दा पोर्तुगलको बढ़त दोब्बर भयो। वास्तवमा अकायदिनले दिएको ब्याक पासलाई रिसिभ गर्न गोलकीपर सही पोजिशनमा थिएनन् अनि गोली सीधै नेटमा पस्यो। मध्यान्तरसम्म २-०-ले अघि रहने पोर्तुगलले दोस्रो हाफमा अझ एक गोल गऱ्यो। दिग्गज फरवर्ड क्रिस्टियानो रोनाल्डोको निःस्वार्थ पासमा ब्रूनो फर्नाण्डेजले ५५औं मिनटमा गोल गरी पोर्तुगललाई ३-०-ले विजयी बनाए। यस जीतपछि पोर्तुगल २ वटा म्याचमा ६ पोइण्ट्सको साथ ग्रुप एफ-को शीर्षमा कायम रह्यो। यसरी दोस्रो स्थानमा रहने तुर्कीसँग ३ पोइण्ट्स रहेको छ। यसै ग्रुपमा जर्जिया र चेक रिपब्लिकबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो। फोल्क्सपार्कस्टेडियनमा खेलिएको म्याचमा जर्जियाबाट जिओर्जेस मिकाउताद्जेले मध्यान्तर अघि इञ्ज्युरी टाइमको चौथो मिनटमा पेनल्टीबाट गोल गरे। त्यसपछि चेक टीमबाट पेट्रिक शिकले ५९औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। यसरी यस म्याचबाट दुवै टीमलाई १-१ पोइण्ट हासिल भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement