झापा: सुनसरी ईनरुवा नगरपालिका वडा नम्बर ९ सरस्वती माध्यमिक बिधालयकाे नाममा रहेकाे जग्गामा स्थानीयबासिन्दाले अतिक्रमण गरि घर टहरा गाेठ बनाएकाे जग्गा खाली गराउन तीन दिनकाे अल्टिमेटम सुचना जारी गरिएकाे छ। बिधालयकाे जग्गा ईनरुवा नगरपालिका ९ साबिक बबिया ८ काे कित्ता नम्वर १ र २ काे ७ बिघा १४ कठ्ठा ६ धुर जग्गा मध्ये ४ बिघा १० कठ्ठा ६ धुर जग्गा स्थानीय जनताले अतिक्रमण गरि कच्ची वा फुसकाे घर,तहरा,गाेठ बनाएर अतिक्रमण गरिकाे छ। साे जग्गा खाली गराउन बिधालयले तीन दिनकाे सुचना टाँस गरि आफैंले खाली गरि,गर्ने भनी अल्टिमेटम दिएकाे छ। आफैंले तीन दिन भित्र खाली नगराए वा गरेकाेमा कानुनी प्रक्रियामा जाने समेत निर्देशन दिएकाे छ।