सातै प्रदेशमा समाज कल्याण परिषद् बिस्तार गरिने

IMG-20240623-WA0010.jpg

झापा: समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले यस्तो निर्णय गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो। उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ। बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ। मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिइन्। साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजनसमेत परिवर्तन गरेको छ। जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहीत अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्न प्रक्रिया अगाडि बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement