गृहमन्त्रीविरुद्ध नै काठमाडौं पुलिसमा जाहेरी

IMG-20240623-WA0009.jpg

झापा: उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भनिएको सहकारी प्रकरणमा छानविनका लागि संसदीय समितिले काम गरिरहेको र सहकारीकै प्रकरणलाई जोडेर सर्वाेच्चमा रविविरुद्धको रिट विचाराधीन रहेको अवस्थामा सहकारी ठगी मुद्दामा रविविरुद्ध अर्को जाहेरी दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी जिल्ला पुलिस परिसर टेकुमा दर्ता भएको हो। सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल) ले रवि लामिछाने र जीबी राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए। उक्त जाहेरी हिजो दर्ता भएको हो । यसैबीच गृहमन्त्री लामिछानेले भने गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको पत्ता लागेको बताएका छन्। आफूले मलेसियाका गृहमन्त्रीसँग कुरा जीबी राईका बारे कुराकानी गरिसकेको पनि गृहमन्त्री लामिछानेले बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसनसमेत पत्ता लागेको जानकारी दिएका हुन्। उनले भने ’यस विषयमा अनुसन्धान धेरै नजिकमा आइपुगेको छ। यो बीचमा मलेसियाका गृहमन्त्रीसँग मेरो २ पटक कुराकानी भएको छ। ३/४ दिन अगाडि पनि मेरो उनी सँग कुराकानी भएको छ। हाम्रो सुपुर्दगी सन्धि नभएका कारणले अलिकति कूटनीतिक पहलहरूमा समय लागेको छ। तर नजिक छौँ। हाम्रो कोसिस दिनरात हामी गरी नै रहेका छौँ। जीबी राई कहाँ छन् भन्ने थाहा छ त? भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री लामिछानेले भने, ’मलाई गृहमन्त्रीले नै कन्फर्म गर्नु भएको छ लोकेसन। पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि जीबी राई फरार छन्। फरार राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन्। सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध २०२३ अक्टूबर ४मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ। मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन्। राईसहित १४ जना अझै फरार छन्। राईविरुद्ध सूर्यदर्शनसहित चितवनको साहारा, पर्साको वीरगन्जमा रहेको सानो पाइला, रूपन्देहीको बुटवलस्थित सुप्रिम, बाँकेको नेपालगन्जस्थित समानता र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीबाट हजारौं सर्वसाधारणको बचत रकमl हिनामिना गरेको अभियोग छ। त्यसमध्ये सूर्यदर्शनको हिनामिनासम्बन्धी कसुर मात्रै अनुसन्धान भएर राईसहित प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। राई संलग्न अन्य सहकारीको हिनामिना प्रकरणमा पुलिसले अनुसन्धान जारी राखेको छ। यता रवि लामिछानेको नाम मुछिएका सहकारीहरुको नामै उल्लेख गरेर संसदीय विशेष छानविन समिति पनि बनेको छ, जसले आफ्नो काम पनि सुरु गरिसकेको छ। यस्तै सहकारी प्रकरणमा जोडिएकै कारण रविले गृहमन्त्रालयको नेतृत्व सम्हाल्न नमिल्ने भन्दै सर्वाेच्चमा समेत रिट दायर भएको छ। रविलाई गृहमन्त्रीबाट पदमुक्त गर्नुपर्ने माग गरिएको सो रिट विचाराधीन रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement