भुटकीहाटमा वाहनको धक्काले महिला गम्भीर घाइते

Accident-Rep-Image

राजगञ्ज: चारचक्के वाहनको धक्का लागेर सिलगढी जलपाइगढी राष्ट्रिय राजमार्गको भुटकीहाटमा एउटी महिला गम्भीर रूपमा घाइते भएकी छन्। घाइते महिला राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आकारीगछ गाउँ निवासी ३७ वर्षीय मफिजा बेगमको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो उक्त महिला एउटा भुटकीहाटको ब्याङ्कबाट निस्केर सडक पार गरिरहेको समय सिलगढीबाट आइरहेको एउटा वाहनले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई तत्कालै उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा लगिएको छ। अर्कोतिर, पुलिसले वाहनलाई आफ्नो नियन्त्रणमा लिए तापनि चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको जाँच शुरू गरेको आमबारी आउटपोस्ट पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement