नुपुर शर्माको हत्या गर्ने योजना बनाउने आतङ्ककारी पक्राउ

0-1-1

सहारनपुर: एटीएसले सहारनपुरबाट जैश-ए-मुहम्मद र तहरीक-ए-तालिबानसँग सम्बन्धित एक आतंककारीलाई पक्राउ गरेर ठूलो षड्यन्त्रलाई असफल बनाएको छ। एटीएसले उनको पहिचान मोहम्मद नदीमको रूपमा गरेको छ। एटीएसको सोधपुछका क्रममा आतंककारीले पाकिस्तानको जैशका आतंककारीले उनलाई नुपुर शर्माको हत्या गर्ने जिम्मा दिएको बताए। एटीएसले एक प्रेस नोट जारी गरेर भन्यो, ‘एजेन्सीले जानकारी पाएको थियो, एक व्यक्ति जैश र तहरीक-ए-तालिबान (टीटीपी)द्वारा प्रभावित सहारनपुरको गंगोह पुलिस स्टेशनको कुन्दकलान गाउँमा फिदाइन आक्रमणको तयारी गरिरहेको थियोl’ यसपछि मोहम्मद नदीमको पहिचान गर्दै उनीसँग सोधपुछ गरियो।

टीटीपी आतंकवादी सैफुल्लाह (पाकिस्तान) ले मोहम्मद नदीमलाई सामाजिक सञ्जालमार्फत फिदाइन आक्रमणको तयारीका लागि प्रशिक्षण सामग्री उपलब्ध गराएको थियो। त्यसैको सहयोगमा नदीमले सबै सामान जम्मा गरी कुनै सरकारी भवन वा पुलिस परिसरमा आक्रमण गर्ने षडयन्त्रमा थिए। आतंककारीको फोनको खोजी गर्दा त्यसमा विस्फोटक कोर्स फिड फोर्स नामको कागजात फेला परेको थियो। मुहम्मद नदीमको फोनबाट जैश-ए-मोहम्मद र पाकिस्तान र अफगानिस्तानका टीटीपीका आतंककारीहरूबाट कुराकानी र अडियो सन्देशहरू प्राप्त भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement