ग्यारेजमा आगलागी हुँदा ९ लाखको क्षति

IMG-20240623-WA0004.jpg

झापा: झापाको अर्जुनधारा-११ मा रहको बिर्तामोडको नयाँ बसपार्कमा भएको आगलागी नियन्त्रणमा आएको छ।आगलागीबाट ९ लाख रुपैयाँ बराबरको क्षति पुगेको इलाका पुलिस कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए। आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको थियो।बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँबराबरको क्षति भएको हो। बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आयो नियन्त्रणमा आएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement