खेलकुदमा इनरुवा नगरपालिकाले बजेट छुट्टाउछ तर खेलमैदान कहिले बन्दैन

IMG-20240623-WA0011.jpg

झापा: इनरुवा नगरपालिकामा रहेको इनरुवा र∙शाला निर्माणका लागि नगरपालिकाले तीन वर्षदेखि प्रत्येक बार्षिक नीति कार्यक्रम योजना तथा बजेट तर्जुमा गरि नगरसभाबाट रकम विनियोजन गर्दै आएपनि हालसम्म खेदमैदान निर्माण कार्य अगाडि बढन सकेको छैन।

नगरपालिकाले चालु आर्थिक वर्षमा इनरुवा र∙शालाको खेलमैदान निर्माणका लागि उपभोक्ता समिति गठन गरि दुई पक्षीय सम्झौता गरेतापनि यस वर्षसमेत खेलमैदान निर्माण कार्य सुचारु हुन नसकेको हो।

नगरपालिकाले खेलकुद विकासका लागि प्रत्येक आर्थिक वर्षमा न्युनतम २० लाखभन्दा बढी रकम विनियोजना गर्दै आएपनि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका कुनै खेलकुद प्रतियोगिता आयोजना गर्ने खेलमैदान निर्माण कार्य हुन सकेको छैन।

नगरपालिका कार्यालयले २०२४ मार्चमा शिवकुमार यादव अध्यक्ष रहेको उपभोक्ता समितिसँग १८ लाख १६ हजार आठ सय २७ रुपैयाँ ४७ पैसाको लगत इष्टिमेट अनुसारको काम २०२४ जुन ९ सम्म सम्पन्न गर्न सम्झौता गरेको थियो।

उपभोक्ता समितिका अध्यक्ष शिवकुमार यादवका अनुसार नगरपालिकाले उपभोक्ता समितिमार्फत निर्माण कार्य गराउन सम्झौता गरेपनि कार्यालयका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले उक्त शिर्षकमा रकम नभएकाले निर्माण कार्य नगर्न भनेपछि यसवर्ष खेलमैदान निर्माण हुन नसकेको हो।

अध्यक्ष यादवले भने, ‘अघिल्लो दुई वर्षसमेत नगरपालिकाले बार्षिक नीति कार्यक्रम योजनामा बजेट विनियोजन गरेर निर्माण कार्य गर्ने योजना बनाएको थियो तर कुनै काम हुन सकेन।’

उनले थपे, ‘६ वर्षदेखि इनरुवा र∙शालाको खेलमैदान स्तरोन्नती गरेर खेलकुद गतिविधि संचालन गर्ने प्रतिवद्धता जनप्रतिनिधिले गर्दै आएपनि हालसम्म मैदानमा कुनै खेलका प्रतियोगिता हुन सकेको छैन।’

इनरुवामा खेलकुदका नाममा योजना बनाउने बजेट छुट्टाउने काम प्रत्येक वर्ष हँुदै आएको छ तर खेलकुद गतिविधि गर्ने प्रतियोगिता आयोजना गरेर खेल हेर्ने काम भने हुन नसक्दा खेल गतिविधि ठप्प भई खेलाडी पलायन हुने अवश्था आएको यादव बताउँछन्।

दुई पक्षीय सम्झौता भएपनि बजेट अभावमा निर्माण कार्य अगाडि बढन नसक्दा इनरुवाको खेलकुद क्षेत्र एकवर्ष पछाडि धकेलिएको खेलाडीहरु बताउँछन्।

इनरुवा नगरपालिकामा क्रिकेट, फुटवल, भलिवलसहितका खेलका खेलाडी उत्पादन हुने गरि खेलकुदका गतिविधि नहुँदा भएका खेलाडी पलायन हुने अवश्था आएको प्रति खेलाडीहरु चिन्तित बनेका छन्।

खेल प्रशिक्षक तथा खेलप्रेमीहरुले खेलकुद गतिविधिलाई जीवित राख्न आफु आफुमा चन्दा सहयोग उठाएर क्रिकेट, फुटवललगायतका प्रतियोगिता आयोजना गरि खेलकुदलाई बचाएर राखेका छन्।

इनरुवा नगरपालिकाले इनरुवा र∙शाला निर्माणका लागि २०७१९ जनबरीमा एक उपभोक्ता समिति गठन गरि २०२० जुन ११ सम्म खेलमैदान स्तरोन्नतीका लागि निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको थियो।

उक्त निर्माण कार्यका लागि नगरपालिकाले सम्झौता गरेको उपभोक्ता समितिले लगत इष्टिमेट अनुसारको काम समय सिमाभित्र पुरा नगर्नुका साथै योजना पुरा नभएपछि सम्झौता अनुसारको बजेट भुक्तानी कार्य रोकिएको थियो।

हालका मेयर केदार भण्डारीले तीन वर्ष अगाडिको विवादित उपभोक्ता समितिले गरेको निर्माण कार्य पुरा नभएको अवश्थामा तीन वर्षपछि रकम भुक्तानी दिएपछि महालेखा परिक्षक कार्यालयले ३१ लाख १४ हजार १ सय ५० रुपैयाँ रकम अनियमित भएको ठहर गरेको छ।

महालेखा परिक्षकको कार्यालयले इनरुवा नगरपालिकालाई २०२४ मई २६एकपत्रसहित बार्षिक प्रतिवेदन पठाउदै इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०१८/ २०२० को स्वीकृत कार्यक्रम अनुसार र∙शाला प्याराफिट निर्माण कार्यमा मुल्य अभिबृद्धी कर, ओभरहेड कन्टिन्जेन्सी बाहेकको रु ९८ लाख २६ हजार ४ सय ७३ रुपैयाँ लागत अनुमान तयार पारि र∙शाला निर्माण कार्य गरेको देखियो।

उक्त निर्माण कार्य स्थानीय सरकार संचालन ऐन २०१७ र सार्वजनिक खरिद ऐन विपरित भएकाले एक करोड बढीको लागत मुल्य भएको निर्माण कार्यमा उपभोक्ता समितिले गरेको कामको भुक्तानी दिन नमिल्ने देखिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदनमा भनिएको छ आव २०१९/२०२० मा भएको सम्झौता बमोजिमको कार्यको भुक्तानी यस वर्ष गत बर्षको भुक्तानी दिन बाँकी योजनामा समेत नभएको अवश्थामा दिएको देखियो।

नियमअनुसार एक करोडभन्दा बढी लागत अनुमान भएको योजना उपभोक्ता समितिमार्फत गराई भुक्तानी दिएको निमय संगत देखिएन। तीन वर्ष अगाडिको योजनाको अन्तिम भुक्तानी यस वर्ष दिनुपर्ने कुनै अवश्था नभएकाले ३१ लाख १४ हजार १ सय ५० रुपैयाँ अनियमित भएको ठहर छ।

महालेखाले प्रतिवेदनमा योजनाको लागत १ करोड २८ लाख ७२ हजार ६ सय ७९ रुपैयाँ भएको उल्लेख गर्दै आव २०१९/२०२० मा २५ लाख ६१ हजार २ सय १४ रुपैयाँ भुक्तानी दिएको आव २०१९/२०२० मा ३९ लाख ८२ हजार ७ सय ४४ रुपैयाँ दिएको हुँदा आव २०२०/२०२१ मा कुनै रकम भुक्तानी नदिएको अवश्थामा तीन वर्ष पछाडि आव २०२२ /२०२३ ३१ लाख १४ हजार १ सय ५० रुपैयाँ अनियमित भुक्तानी दिएको उल्लेख गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement