झापा :संखुवासभामा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार अन्दाजी १८:३० बजेको समयमा चैनपुर नगरपालिका-८ वानेश्वर स्थित भ्यू होटल नजिक चैनपुरबाट खराङतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८२४९ नम्बरको टिफरले ठक्कर दिंदा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक चैनपुर नगरपालिका वडा नम्बर-७ बस्ने अन्दाजी बर्ष ४९ को पदम श्रेष्ठको भएको हो। गम्भीर श्रेष्ठ घाईते भई चैनपुर आधारभुत अस्पतालमा पुर्याइएकोमा चिकित्सकद्वारा उपचारको क्रममा मृत घोषणा गरिएको थियो। घटनामा संलग्न टिपर चालक चैनपुर नगरपालिका वडा नम्बर-१० खराङ बस्ने अन्दाजी बर्ष ३३ को कमानसिंह तामाङ तथा सवारी साधन इलाक प्रहरी कार्यालय चैनपुर संखुवासभाको नियन्त्रणमा रहेको जनाएको। घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको पुलिसले जनाएको छ।