लगातार दोस्रोपल्ट मुख्यमन्त्री  बनेकोमा सुसाले दिए प्रेमसिंह तामाङलाई बधाई 

IMG-20240623-WA0001.jpg

गान्तोक: सिक्किम विश्वविद्यालय विद्यार्थी संघ (सुसा) का अध्यक्ष अनुकूल लिम्बूले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई लगातार दोस्रोपल्ट मुख्यमन्त्री पदको निम्ति विजयी बनेकोमा बधाई दिएका छन्।
उनले विद्यार्थीहरूको कल्याणको निम्ति मुख्यमन्त्रीको निरन्तर समर्थन र प्रतिबद्धताको निम्ति पनि कृतज्ञता व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङको दूरदर्शी नेतृत्वमा राज्यले शिक्षा, पूर्वाधार र समग्र विकासको क्षेत्रमा उल्लेखनीय विकास गरेको अध्यक्ष लिम्बूले आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले समावेशी विकास सुनिश्चित गर्न र सबैका लागि समान अवसरहरू प्रदान गर्न मुख्यमन्त्रीको समर्पणको सराहना गरेका छन्।

मुख्यमन्त्रीको दूरदर्शी नीतिहरू र दलायु दृष्टिकोणले राज्यका प्रत्येक विद्यार्थीलाई प्रेरित गरिरहेको उनले बताएका छन्। उनले सुसाको तर्फबाट अमूल्य समर्थनको निम्ति हार्दिक आभार व्यक्त गर्दै मुख्यमन्त्रीको मार्गदर्शनमा राज्यका विद्यार्थीहरू र युवाहरूको उत्कृष्टको निम्ति काम गर्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement