सिलगढी: एनजेपी स्टेसनमा स्वाधीनता दिवसलाई केन्द्र गरेर कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। आज स्टेसन परिसरमा मेटल डिटेक्टिभ, डग स्क्वायडको सहयोगमा तलासी अभियान चलाइयो। आरपीएफ तथा जीआरपीले आज स्टेसनमा यात्रीहरूको ब्यागको छानबीन गरे। स्टेशनको प्रवेश द्वारमा लगाइएको स्क्यानर मसिन धेरै समय अघिदेखि अचल अवस्थामा रहेको छ। यहाँ सुरक्षा गार्ड पनि छैन। जीआरपी सूत्रले दिएको जानकारी अनुसार स्टेशन परिसरमा सुरक्षाको लागि रेलवे विभागलाई दुईवटा स्क्यानर मसिनको निम्ति आवेदन गरिएको छ।










