ग्रस आइलेट (सेण्ट लूसिया): न्यूजील्याण्डका पूर्व क्रिकेटर इयान स्मिथले रिषभ पन्तको अहिले नै एडम गिलक्रिष्टसँग तुलना गर्न नसकिने अनि भारतका यस विकेटकीपर-ब्याटरले यसरी नै खेल्न जारी राखे उनी अष्ट्रेलियाई दिग्गजको नजिक पुग्न सक्ने बताए। स्मिथ स्वयं पनि विकेटकीपर हुन् अनि उनी कार दुर्घटनापछि पन्तको खेलमा पुनरागमनले निक्कै प्रभावित छन्। पन्तले आईपीएलमा असल प्रदर्शन गरेका थिए अनि अहिले टी२० वर्ल्ड कपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पन्तले अष्ट्रेलिया, ईंग्ल्याण्ड र दक्षिण अफ्रिकामा टेस्ट शतक बनाइसकेका छन् तर गिलक्रिष्टको बराबरीमा पुग्न उनले अझ लामो यात्रा तय गर्नु पर्नेछ, जसले अन्तर्राष्ट्रिय क्रिकेटमा १५००० भन्दा अधिक रन बनाउनको साथै ८०० भन्दा अधिक क्याच लिएका छन्। टी२० वर्ल्ड कपमा कमेण्टेटरको भूमिकामा रहने स्मिथले भनेका छन्, पन्तले दुर्घटनापछि असाधारण पुनरागमन गरेका छन् अनि अहिले असल फर्ममा छन्। उनी कुशल र आक्रामक खेलाड़ी हुन्। उल्लेखनीय छ, गिलक्रिष्टले झैं पन्तले पनि उनी प्रत्येक प्रारूपमा कुनै पनि क्रममा ब्याटिंग गर्न सक्ने साबित गरेका छन्। स्मिथले भने, उनले कुनै पनि खेलाड़ीलाई साथ दिन सक्छन्। यसैकारण उनलाई तेस्रो नम्बरमा ब्याटिंग गराउने फसेला सही हो कारण सीमित ओभरहरूका प्रारूपमा आफ्नो सर्वश्रेष्ठ खेलाड़ीले अधिक बलको सामना गर्ने मौका पाउनु पर्छ। स्मिथले यस २६ वर्षीय खेलाड़ीको तुलना गिलक्रिष्टसँग गर्न चाहिँ गर्न चाहेनन्। उनले भने, गिलक्रिष्टको बराबरीमा पुग्न पन्तले अझ लामो यात्रा तय गर्नु पर्नेछ। अहिले नै यी दुईको तुलना गर्न मिल्दैन। दुवै एकै थरीका खेलाड़ी हुन्, जसले टेस्टमा तल्लो क्रम अनि सीमित ओभरहरूका क्रिकेटमा माथिल्लो क्रममा ब्याटिंग गर्न सक्छन्। पन्तले आउँदो सालहरूमा पनि यसरी नै खेल्न जारी राखे गिलक्रिष्टको नजिक अवश्यै पुग्नेछन् तर अहिले नै तुलना गर्नु चाहिँ मिल्दैन।