नयाँ दिल्ली: भारतीय फूटबल टीमका पूर्व मुख्य प्रशिक्षक इगोर स्टिमाक र अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-बीच शुरु भएको विवादले रोकिने नाम लिएको छैन। क्रोएशियाई हेड कोचले पदबाट बर्खास्त गरिएपछि एआईएफएफ-ले आउँदो १० दिनभित्र उनको रहल रकमको भुक्तान नगरे फिफा ट्रिब्यूनलमा मामिला दर्ता गर्ने धम्की दिएका छन्। यसको साथमा स्टिमाकले एआईएफएफ अध्यक्ष कल्याण चौबेलाई निशाना बनाउँदै उनको अनुबन्ध बारम्बार तोड़ेको आरोप लगाएका छन्। यतिमात्र नभएर स्टिमाकले भारतीय टीम फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो चरणमा पुग्न नसकेकोमा पनि चौबेलाई नै जिम्मेवार बताएका छन्। यसपाली एआईएफएफ-ले पनि कदम उठाउँदै आउँदो ४८ घण्टाभित्र कार्वाहीको चेताउनी दिएको छ। स्टिमाकको प्रेस कन्फ्रेन्सपछि जारी बयानमा एआईएफएफ-ले भनेको छ, भारतीय पुरुष फूटबल टीमका पूर्व मुख्य प्रशिक्षक स्टिमाकले एआईएफएफ र महासंघका केही वरिष्ठ अधिकारीहरूका कामकाजसँग सम्बन्धित मीडियामा केही टिप्पणीहरू गरेको जान्नमा आएको छ। एआईफएफ-ले आउँदो ४८ घण्टामा यस सम्बन्धी एउटा बयान जारी गर्नेछ।
यसअघि स्टिमाकले एआईएफएफ-का अध्यक्ष कल्याण चौबे विरुद्ध बोल्दै देशमा फूटबलको भविष्यको निम्ति उनले जतिसक्दो चाँड़ो पद छोड़ेको उचित रहने बताएका थिए। स्टिमाकलाई मार्च २०१९-मा स्टीफन कन्स्टेनटाइनले पद छोड़ेपछि भारतीय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। यस महिनाको शुरुवातमा फिफा वर्ल्ड कप २०२६ क्वालीफायरको दोस्रो चरणमा कतर विरुद्ध हारपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो। स्टिमाक १९९८ वर्ल्ड कपमा काँस्य पदक जित्ने क्रोएशियाई टीमका हिस्सा थिए। स्टिमाकको भनाइअनुसार, उनलाई आफ्नो करियरमा पहिलोपल्ट प्रशिक्षक पदबाट बर्खास्त गरिएको छ । उनले भारतीय फूटबल कैद स्थितिमा रहेको अनि खेललाई प्रभावित गर्ने अधिकांश समस्याहरूको निम्ति चौबेलाई दोषा ठहऱ्याएका छन्। उनले भने, म आफ्नो कार्यकालको अवझि झूटो कुरा र आश्वासनहरूले वाक्कै भएको थिए। अब कल्याण चौबेले जति छिटो एआईएफएफ छोड़्नेछन्, भारतीय फूटबलको निम्ति त्यति राम्रो हुनेछ। फूटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो अनि भारतलाई छोड़ेर अन्य सबै देशले यस खेलमा प्रगति गरेको छ। मेरो करियरमा अहिलेसम्म मलाई बर्खास्त गरिएको थिएन। यो पहिलोपल्ट भयो अनि मैले एआईएफएफ-लाई आफ्नो जवाफमा यो कुरा उल्लेख गरेको छु। पर्याप्त समर्थन बिना मेरो निम्ति आफ्नो काम जारी राख्नु असम्भव थियो। म झूट, अधुरो आश्वासन र यस्ता मानिसहरूले घेरिएको थिए, जो केवल आफ्नो हितबारे सोच्ने गर्छन्। एआईएफएफ-का अध्यक्ष चौबे केवल आफ्नो लोकप्रियताबारे चिन्तित रहन्छन्। हालैको मीडिया बैठकहरूबाट यसबारे थाहा लाग्छ। उनी एकजना नेता हुन् तर कलकत्तामा पनि उनलाई कसैले चिन्दैनन्। हामीलाई भारतीय फूटबलको नेतृत्व गर्न एकजना मजबूत र प्रभावशाली व्यक्तिको आवश्यकता छ। सत्ताको लोभी व्यक्तिहरू खेल प्रशासनमा रहे कुनै फाइदा हुनेछैन।