राज्यपाल आचार्यले गरे लुङथाङ बीओपी, हरभजन सिंह मन्दिरको भ्रमण

IMG-20240622-WA0033.jpg

सेनाको कारण देशका जनता सुरक्षित महसुस गर्छन्: राज्यपाल

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज पाकिम जिल्ला अन्तर्गत १३ हजार ५ सय फुट उँचाइमा रहेको ६९औं एसएसबीको बटालियनको लुङथाङको बीओपीको भ्रमण गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले एसएसबीका जवानहरूबीच उपस्थित हुन पाउँदा आफूलाई गर्व व्यक्त लागेको बताए। एसएसबी जवानहरूले देशको निम्ति गरेका बलिदानको प्रशंसा गर्दै उनीहरूको सेवा राष्ट्रप्रति गर्व र समर्पणकोरूपमा प्रमाणित भएको बताए। उनले चाडपर्व र दैनिक जीवनमा नागरिकले पाउने शान्ति सुरक्षा सिमाको रक्षा गर्ने सेनाको अथक परिश्रमको प्रत्यक्ष परिणाम रहेको अवगत गराए। उनले महिलाहरू एसएसबीमा आएकामा प्रशंसा गर्दै महिला सशक्तिकरणमा उनीहरूको भूमिका र राष्ट्रको रक्षाको लागि उनीहरूको समर्पण मनाउँदै एसएसबीमा महिलाहरूको पनि प्रशंसा गरे। उनले राष्ट्रको रक्षा गर्ने बालबालिकाको पालनपोषणमा आफूले पाएको अनुपम गौरवलाई स्वीकार गर्दै सेनाका जवानहरूका अभिभावकहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरे।

उनले सिमानाको रक्षा मात्र नभई सीमानाका नागरिकलाई आधारभूत सुविधा उपलब्ध गराउने, समानताको प्रवद्र्धन गर्ने, आपतकालिन अवस्थामा सहयोग गर्ने र रोजगारीको अवसर सिर्जना गरेकोमा पनि जवानहरूको प्रशंसा गरे। आफ्नो परिवारलाई भन्दा राष्ट्रलाई प्राथमिकता दिने सेनाका जवानहरूको अटल प्रतिबद्धतामा निर्माण भएको तथ्यमाथि जोड दिए।यसका साथै राज्पालले सेनाका जवानहरूको काम राष्ट्रको गौरव र बल भएको भन्दै यसलाई अझ बलियो र लचिलो बनाउने सुझाउ दिए। यस अवसरमा उनले बीओपी लुङथुङका अधिकारी र जवानहरूसँग पनि अन्तरक्रिया गरे, जहाँ उनले कर्तव्यप्रतिको अटल प्रतिबद्धताको प्रशंसा गरे र सीमा क्षेत्रका दुर्गम भूभागमा सेवा गर्दा सामना गर्ने चुनौतीहरूलाई स्वीकार गरे छन्। यसै क्रममा उनले थेगु र कुपुकमा अवस्थित नयाँ र पुरानो बाबा हरभजन सिंहको मन्दिरको दर्शन गर्दै सिक्किम राज्यको शान्ति र समृद्धिको निम्ति प्रार्थना पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement