सिलगढी: सिलगढी नगरनिगमका वार्ड नम्बर १४ का बासिन्दाहरूले एक बालिका र एक युवकलाई अनलाइन ठगीको आरोपमा रंगेहात पक्राउ गरेको छ। समाचारअनुसार दुवैजना धेरै दिनसम्म उक्त वार्डमा विभिन्न पसलमा गएर विभिन्न सामान किन्ने गर्थे, र त्यसपछि क्युआर कोड स्क्यान गर्थेl अनलाइन पेमेन्टको कुरा गर्दै पसलेलाई उनीहरूको स्क्रिन शट देखाउँथे। तर ब्यांक खातामा पैसा आउँदैन थियो। धेरै पसलमा यो घटना घटेपछि पसलेहरुले एकजुट भएर बालिका र युवकको पहिचान गरी शनिबार आकाश नर्सिङ होम अगाडि रंगेहात पक्राउ गरे। दुवैलाई स्थानीयले पुलिसको जिम्मा लगाएका छन्। बालिका विद्यालयमा अध्ययनरत र युवक कलेजमा अध्ययनरत रहेको बताइएको छ। यस घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको स्थानीयले आशंका गरेका छन्।