यदि शरीरमा सही मात्रामा पानी पुगेन भने धेरै गम्भीर समस्याको शिकार हुनसक्छ। यति मात्र होइन, पानीको कमी अर्थात् डिहाइड्रेसनले पनि ज्यान पनि जानसक्छ। यो थाहा पाउँदा उदेक लाग्छ कि केही दिनसम्म पानी नपिउँदा शरीरमा थकान महसुस हुन्छ र शरीरका अंगहरू फेल भएर मृत्युसमेत हुनसक्छ। शरीरको करिब ७० प्रतिशतलाई पानी चाहिन्छ। यही कारण हो कि पानी बिना तपाईलाई लामो समयसम्म बाँच्न सम्भव छैन। नियम ३ अनुसार मानिस बिना हावा ३ मिनेट, पानी बिना ३ दिन र खानाविना ३ हप्ता बाँच्नसक्छ। पानी बिना मानिस ३ दिन मात्र बाँच्नसक्छ। तर, बाँच्ने सीमा व्यक्तिपिच्छे फरक हुनसक्छ। खाना र पानी शरीरका केही आधारभूत आवश्यकताहरू हुन्। यी मध्ये कुनै एकलाई लामो समयसम्म छोड्नु भनेको समस्या निम्त्याउनु जस्तै हो। एक दिनमा अर्थात् २४ घण्टामा पुरुषलाई ३.६ लिटर र महिलालाई २.६ लिटर पानी चाहिन्छ। तर, पानीको आवश्यकता उमेर, उचाइ, तौल जस्ता अन्य कारकहरूमा पनि भर पर्छ। यदि आफ्नो शरीरको आवश्यकता अनुसार पानी पिएन भने, निर्जलीकरणको जोखिममा पर्नसक्छ। गर्मीमा डिहाइड्रेसनको समस्या पनि घातक हुनसक्छ। यसका साथै शरीरमा पानीको कमीका कारण पनि रक्तचाप कम हुनसक्छ। निर्जलीकरणले तपाईंको मृगौला, कलेजो र मस्तिष्कको स्वास्थ्यमा गम्भीर क्षति पुर्याउन सक्छ। त्यसैले शरीरमा पानीको कमी हुन दिनु हुँदैन।