सिलगढी: एक अनलाइन पसलमा ठूलो परिमाणमा आधार, मतदाता, प्यान, जातिगत प्रमाणपत्रसहित एक युवकलाई पक्राउ गरिएको छ। नेपाल–भारत सीमावर्ती खोरीबारीमा रहेको पानीट्यांकी क्षेत्रमा छापा मारेर धेरै कागजपत्र बरामद भएको छ। जिल्ला पुलिस गुप्तचर कार्यालयले गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा गरेको छापामारीमा २२ वटा आधारकार्ड, १२ वटा प्यानकार्ड, रासनकार्ड, ८ मतदाता परिचयपत्र, १० वटा जन्मदर्ता, २ वटा जातिगत प्रमाणपत्र, कम्प्युटर, ल्यापटप र प्रिन्टर बरामद गरे छ। पुलिस स्रोतका अनुसार बरामद कागजात नक्कली हो वा होइन भन्ने विषयमा अनुसन्धान शुरु गरिएको छ। यी युवाले पैसाको सट्टा नक्कली कागजपत्र तयार गर्थे कि भनेर पनि अनुसन्धान भइरहेको छ।
