नेपालमा बनेको मिनी ग्रेटवाल हेर्न चिनियाँ पर्यटकहरुको आकर्षण

IMG-20240622-WA0222

झापा: दोलखा जिल्लाको शैलुङ गाउँ पालिकामा निर्माण भएको मिनी ग्रेटवाल हेर्न चाइनिज टोली आउन थालेका छन्। मिनी ग्रेटवाल पर्यटकका लागि आकर्षक बनेकाले केही दिनदेखि चाइनिज टोली आउन थालेका बेस क्याम्प कालापानीका शैलुङइन होटलका सञ्चालक लालबहादुर श्रेष्ठले बताउँछन्। उनका अनुसार शैलुङ एवम् मिनी ग्रेट हेर्नका लागि साइकल र गाडीमा चाइनिज टोली आउन थालेका छन्।  आन्तरिक र अन्य विदेशी पर्यटक पनि आउन थालेकाले बेसक्याम्पमा चहलपहल बढेको छ। यहाँ रहेका होटलहरु पनि भभिराउ भएका छन्। हिमपात भएपछि यो वर्ष निकै पर्यटक भित्रिने सङ्केत देखिएको छ।चार वर्षदेखि होटल सञ्चालन गर्दै आएका सञ्चालक श्रेष्ठले भने, ‘यहाँ भएका चार वटा होटल पनि राम्ररी चलेका थिएनन्। अहिले चाप बढेको छ। अरु होटलको पनि आवश्यकता खटकिएको छ। गत दशैँदेखि विस्तारै पर्यटक वृद्धि हुन थालेको हो।’ सङ्घीय पर्यटन विकास साझेदारी कार्यक्रम अनुसार पर्यटकलाई शैलुङ जान सहजताका लागि मिनी ग्रेटवाल निर्माण गरिएको हो। सरकारको र पालिकाको ७० र ३० प्रतिशत साझेदारीमा पाँच करोड ३० लाख रुपियाँ लागतमा बेस क्याम्प कालापानीदेखि केही माथिसम्म ग्रेटवाल निर्माण भएको पालिकाका इन्जिनियर कमलबहादुर थापा मगरले जानकारी दिए। स्रोतका अनुसार निर्मित संरचनाको फिनिसिङ र बत्ती जडानको मात्र काम बाँकी छ। उनले भने , ‘यो काम पनि चाँडै सम्पन्न गर्न लागिएको छ। पर्यटकलाई आवतजावत गर्न निकै सहज भएको छ। ’पहिलो चरणमा कालापनीदेखि शैलुङसम्म ७७० मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार निर्माण भएको छ। पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा साबित हुने अपेक्षा राखिएको छ। पर्यटकहरुका लागि बेस क्याम्प कालापानीमा खान बस्नको व्यवस्था भइसकेको छ। सार्वजनिक शौचालयको पनि आवश्यक देखिएको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement