पुलिस जवान रञ्जित बर्मनलाई नक्सलबारी पुलिस चौकीमा गार्ड अफ अनरद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण

20240622_174011

सिलगढी: नक्सलबारी पुलिस स्टेशनले सडक दुर्घटनामा मृत्यु भएका जवान रञ्जित बर्मनलाई गार्ड अफ अनर दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ। आज उनको पार्थिव शरीर उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालबाट पुलिस चौकी पुगेपछि जिल्ला पुलिस कार्यालयले उनलाई अन्तिम श्रद्धाञ्जली दियो। यस अवसरमा नक्सलबारी सीआई सैकत भद्र र नक्सलबारी थानाका अधिकारीहरू उपस्थित थिए। अन्तिम दर्शनपछि रणजीतको पार्थिव शरीर घर तर्फ छाडियो। एक वर्षभन्दा बढी समयदेखि नक्सलबारी पुलिस चौकीमा कार्यरत रञ्जितको गए राति नक्सलबारीको वाङ्गपुलमा चारचक्के गाडीले धक्का  दिँदा मृत्यु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement