उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको दासपाडा ग्राम पञ्चायत निचाखली क्षेत्रमा चिया बगानको जग्गा अतिक्रमणलाई लिएर ठूलो झगडा भएको छ। चिया बगानको जग्गा अतिक्रमणलाई लिएर गोली हानाहान भएको स्रोतबाट प्राप्त जानकारी अनुसार यसमा कतिपय मजदुर घाइते भएका छन्। बाहिरीले गोली चलाएको आरोप लगाइएको छ। उक्त क्षेत्रमा तनावको वातावरण छ। खबर प्राप्त हुनासाथ चोपडा पुलिस चौकी दासपाडाको पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ। तर यो गोलीबारी पछि सम्पूर्ण क्षेत्रमा तनाव छ। स्रोतका अनुसार घाइतेहरुलाई अस्पताल लगिएको छl