सिलगढी: एनईईटी परीक्षालाई लिएर देशभर हंगामा मच्चिएको छ। यो परीक्षा खारेजको माग गर्दै देशका विभिन्न भागमा विरोध प्रदर्शन भइरहेका छन्। धेरै ठाउँबाट यसअघि पनि पेपर लिक भएको समाचार आइरहेका छन्, यस प्रकरणमा पक्राउ पनि परेका छन्। विद्यार्थीहरु सडकमा उत्रिएर चर्को विरोध गरिरहेका छन्। यसै शृंखलामा सिलगढी एसएफआई दार्जीलिङ जिल्ला समितिले पनि पेपर लीक मुद्दालाई लिएर हाश्मी चोकमा विशाल विरोध प्रदर्शन गरेको थियो। एसएफआई सदस्यहरूले यस पेपर लीकको लागि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई जिम्मेवार ठहराउँदै उनको पुत्ला जलाए। एसएफआई नेताहरूले भ्रष्टाचारका कारण पेपर लीक भएको बताएका छन्। त्यसैले शिक्षामन्त्रीले पदबाट राजीनामा दिनुपर्छ भन्ने माग गरेका छन्।