माटीगाड़ा थानाले पाँच अपहरणकारीलाई पक्राउ गरे

IMG-20240622-WA0023.jpg

माटीगाड़ा: माटीगाड़ा पुलिस थानाले आपराधिक घटना गर्न अगावै पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम मनमोहन बर्मन, सौरभ दास, कुणाल सिंघो, माणिक बर्मन र बोलाई बर्मन रहेका छन्। उनीहरु सबै सिलगढीको बागडोग्रा, फाँसीदेवा र माटीगाड़ा क्षेत्रका बासिन्दा हुन्। पुलिसले भुजाली, दुई थान फलामको रड र टर्च बरामद गरेको छ।स्रोतका अनुसार गए राति माटीगाड़ा पुलिस थानाको गस्ती भ्यानले फाँसिदेवा मोड रेलवे अन्डरपासमा केही युवाहरू ठूलो आपराधिक घटना गर्न जम्मा भएको गोप्य सूचना पाएको थियो। सूचना पाएलगत्तै गस्ती भ्यानले तुरुन्त कारबाही गरी पाँचजना लुटेरालाई पक्राउ गरेको छ। तर, अन्धकारको फाइदा उठाउँदै केही लुटेराहरु भाग्न सफल भएका छन्। आज पाँचै बदमाशलाई सिलगढी अदालतमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement