नक्सलबारी थानामा कार्यरत हवल्दारको सडक दुर्घटनामा मृत्यु

IMG-20240622-WA0025.jpg

नक्सलबारी: सिलगढी डिभिजन अन्तर्गत नक्सलबारीमा सडक दुर्घटनामा एक पुलिस जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। नक्सलबारी थानामा ड्युटीमा रहेका दुई पुलिस  हवल्दार जबराबाट मोटरसाइकलमा नक्सलबारी फर्कदै गर्दा चारचक्के गाडीले पछाडिबाट ठक्कर दिँदा दुवै हवल्दारले नियन्त्रण गुमाएर दुर्घटनामा परेका हुन्। स्थानीयले घाइते दुवैलाई उद्धार गरी नक्सलबारी अस्पतालमा प्राथमिक उपचारपछि बागडोग्राको निजी अस्पतालमा पुर्‍याए पनि अस्पतालका चिकित्सकले एकजना पुलिस जवानलाई मृत घोषणा गरे। अर्काको आईसीयुमा उपचार भइरहेको छ। मृत्यु हुनेमा रञ्जित बर्मन नक्सलबारी पुलिस चौकीमा हवल्दारका रूपमा कार्यरत थिए। घटनाका कारण जिल्ला पुलिस कार्यालय लगायतका क्षेत्रमा शोक छाएको छ। आज पोष्टमार्टम हुनेछ। पुलिसले घटनामा संलग्न चालकको खोजी शुरु गरेको छ। खबर पाएपछि मृतकका परिवार स्तब्ध भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement